काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज ९वैशाख ९०लाई पेसी तोकिएको छ । सर्वोच्च अदालतमा हिजो पनि यो रिटको पेसी तोकिएकामा ‘हेर्न नमिल्ने’मा परेको थियो ।
लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गएको आइतबार ९वैशाख ७० बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । त्यसपछि सोमबार न्यायाधीश हरि फुयालको इजलासमा यो रिट ‘हेर्न नमिल्ने’मा परेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा पुर्पक्षका निम्ति थुनामा रहेका लामिछाने यसअघि ७३ नम्बर निवेदन लिएर सर्वोच्च गएका थिए । उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
उक्त आदेशपछिको सुनवाइ नहुँदै उनका तर्फबाट श्रीमती निकिताले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न रिटमा माग गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्