काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभएको हो ।
उहाँले राष्ट्रलाई विभिन्न ढङ्गले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो । देशभन्दा ठूलो अरू नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले गलत कुराको प्रतिवाद तत्कालै गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्