JanataToday.com

Advertisment

SKIP THIS

दिल्लीलाई हराउदै रोयल च्यालेन्जर्स शिर्ष स्थानमा

दिल्लीलाई हराउदै रोयल च्यालेन्जर्स शिर्ष स्थानमा

काठमाडौं , इण्डियन प्रिमियर लिग आइपिएल मा रोयल च्यालेन्जर्स बैगलुरू आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसीबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८ दशलमवल ३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।‌ आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब बेथेल १२ रनमा र देवदत्त पाडिक्कल बिना कुनै रन अक्षर पटेलको बलमा तथा कप्तान रजत पाटिदार ६ रनमा रन आउट हुन पुगे।

तर त्यसपछि विराट कोहली र क्रुनाल पाण्ड्याले चौथो विकेटको लागि १ सय १९ रनको साझेदारी गर्दै जितको आधार बनाए। विराट ५१ रनमा आउट भए।

क्रुनालले ४७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७३ रन जोड्दै आरसिबीलाई सहज जित दिलाए। बलिङमा अक्षर पटेलले २ विकेट लिए।

त्यसअघि अरूण जैटली स्टेडियममा आरसिबीले टस जितेर फिल्डिङ रोजेको थियो। दिल्लीले २० ओभरमा ब्याटिङमा संघर्ष गरेको दिल्लीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेन। दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६२ रनको योगफल बनायो।

ओपनर अभिषेक पोरेल २८ रनमा र करूण नायर ४ रनमा आउट भए। २ विकेटको नोक्सानीमा दिल्लीले ४४ रन मात्र बनाएको थियो।

अर्का ओपनर फाफ डु प्लेसिस २२ रनमा, कप्तान अक्षर पटेल १५ रनमा र केएल राहुल ४१ रनमा आउट भए। लगतै आशुतोष शर्मा २ रनमा पबिलियन फर्कदा ६ विकेटको नोक्सानीमा दिल्लीले १ सय २० रन बनायो।

यसपछि मिचेल स्टार्स बिना कुनै रन आउट हुन पुगे। ट्रिस्टान स्टब्स १८ बल खेल्दै ३४ रनको पारी खेले।

बलिङमा जोश हेजलउड २ र भुवनेश्वर कुमारले ३ समान विकेट झारे।

१० खेलबाट १४ अंक बनाउँदै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको गुजरातले आरसिबीको भन्दा २ खेल कम खेलेको छ। ९ खेलमा‌ दिल्लीको १२ अंक छ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij