शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने

शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने

शिक्षक सडक प्रदर्शन जारी काठमाडौँ, १ वैशाखः काठमाडौँको माइतीघर मण्डलामा सोमबार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित प्रदर्शनमा । १३ दिनदेखि मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । तस्बिरः विमलबहादुर बिष्ट÷रासस

काठमाडौं : प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा नआएकाहरुलाई कर्तव्यबोध गर्दै काठमाडौं आउन अपिल गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनुभएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगिसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नुभएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईँलाई घोच्दैन? आफ्नो कर्तव्यबोध हुँदैन ?’ सुवेदीले सामजिक सञ्जालमार्फत् आह्वान गरेका छन्, ‘यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला।’

सुवेदीले आफूहरू अन्तिम लडाइँंमा रहेको र यसमा सबैको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गरेका छन्। महासंघले आइतबारे बेलुकी विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा आफूहरूसँगै उभिन सबै पेशागत संस्था, शिक्षा सरोकार समूहलगायतलाई आग्रह गरेको थियो।

आइतबारको झडपमा पाँच प्रहरी र एक पत्रकारसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ। महासंघले भने ६२ जना शिक्षक कर्मचारी घाइते भएको र तीमध्ये एक दर्जनको अवस्था चिन्ताजनक रहेको दाबी गरेको छ। महासंघले आज पनि बिहान ११ बजेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलनको कार्यक्रम जारी रहने महासंघले जनाएको छ। अग्रगामी विद्यालय शिक्षा ऐनविना आफूहरू कार्यक्षेत्रमा नफर्किने महासंघका अध्यक्ष सुवेदीले बताए।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij