काठमाण्डाै – प्रतिनिधिसभाकाे आजकाे बैठकले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित गरेकाे छ ।
भन्सारसम्बन्धी विधेयक उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पाैडेल र केही नेपाल ऐनलाई संशाेधन गर्ने विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चाैरसियाले पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।
विधेयकका सम्बन्धमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थ समितिमा पर्याप्त छलफल भएर परिष्कृत र”पमा संशोधनसहित विधेयक आएको बताउनुभयो । यस्तै कानूनमन्त्रीले विधेयकले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने उल्लेख गर्नुभयाे ।
अब यी विधेयक राष्ट्रियसभामा जानेछन् । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउनेछन् र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनका रूपमा कार्यान्वयनमा आउनेछन् ।
प्रतिनिधिसभाकाे बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएकाे छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्