बुटवल हस्पिटल प्रा लि र सेवा निवृत्त राष्ट्र सेवक समाजबीच उपचार सम्झौता

बुटवल हस्पिटल प्रा लि र सेवा निवृत्त राष्ट्र सेवक समाजबीच उपचार सम्झौता

बुटवल

बुटवल हस्पिटल प्रा लि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था सेवा निवृत्त राष्ट्र सेवक समाज नेपाल, बुटवल नगर कार्य समिति विच उपचारमा सहुलियत सम्बन्धि सम्झौता भएको छ ।

सेवा निवृत्त राष्ट्र सेवक समाज नेपाल मार्फत आउने पुर्व कर्मचारी तथा उनिहरुका परिवारका सदस्यहरुका लागि बुटवल हस्पिटल प्रा लि ले उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । सझौतासंगै दुई संस्थाका विचमा सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताए । बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । उनलेे अस्पतालमा सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे ।

सो अवसरमा बुटवल हस्पिटल प्रा लि का मेडिकल सुपरिटेण्डेन डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पुर्व कर्मचारीहरुसंग सहकार्य गर्न पाउनु खुसीको कुरा रहेको बताए ।

सेवा निवृत्त राष्ट्र सेवक समाज बुटवलका अध्यक्ष भाज वहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउदा बुटवल हस्पिटल प्रा लि लाई नै सम्झने बतावरण बनेको बताए । कार्यक्रममा बुटवल हस्पिटल प्रा लिका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का,ईमरजेन्सी तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सीना लगायतले दुई संस्था विचकाे सम्झौताकाे उपयोगीता बारे आ आफ्नो धारणा राखेका थिए ।

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले एक सय शैया संचालनमा ल्याएको छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना रहेको अस्पतालले जनाएको छ ।

बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको लगानी रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ

प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij