जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै

पाटिको नाम "नाजपा"रहने

काठमाडौं, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी एकता हुनलागेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः०० बजे घोषणा सभा हुने जनाइएको छ ।

दुईपार्टीबीच पार्टीको नाम र नेतृत्वमा सहमति जुटेपछि एकता घोषणा हुन लागेको हो । दुवै पार्टीको केन्द्रीय समितिले पार्टी एकतालाई अनुमोदन गरिसकेको छ ।

एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी ‘नाजपा’ रहनेछ । पार्टीको संरक्षकमा रेशम चौधरी रहने छन् भने सीके राउत अध्यक्ष बन्नेछन् । रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहनेछिन् । नयाँ पार्टीको चुनावचिन्ह ढकिया रहनेछ । यो नागरिक उन्मुक्तिको चुनाव चिन्ह रहेको छ । एकतासँगै यो पार्टी तराई( मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।

जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij