नसुनिएको कथा

“श्रीमान् गुमाइन, आँट गुमाइनन्”

“श्रीमान् गुमाइन, आँट गुमाइनन्”

ठेलामा जीवन, ममतामा संसार — राधा भण्डारीको संघर्ष कथा

बुटवल— बिहानको झिस्मिसे उज्यालो हुन  नपाउँदै सडकको एक छेउमा कहिेले साइकल त कहिले ठेला गुड्दैछ। यो कुनै सामानको मात्र आवाज होइन, एउटी आमाको जिन्दगीको सङ्घर्षको गुँजन हो। त्यो ठेलासँगै गुडिरहेकी छिन् — ३८ वर्षीया राधा भण्डारी।एकल जीवन, दुई सन्तान, र फलफूलको ठेला — यही हो राधाको संसार र दैनिकी।
“दुख र संघर्षले म त रुन्न रोए भगवानको मन्दिरमा मात्र रुन्छु”  यो भनाई बुटवल १७ रानिगन्जमा बस्ने राधा भण्डारीको हो । सधै जसो दिउसोको समयमा घर नभेटिने राधा आज भने कान्छो छोरो बिरामी भएकोले घरमै थिइन ।गुल्मीको धुर्कोटकी राधाको पाल्पामा बिहे भएको थियो ।उनी बिगत १२ वर्ष देखि बुटवल १७ रानिगन्ज मा बस्छिन।

एक्लोपनले सिकाएको आत्मनिर्भरता

कहिले काँही जिन्दगीले अकस्मात् यस्तो मोड दिन्छ, जहाँ विकल्प छैन — बस अगाडि बढ्नुपर्छ।
राधाका श्रीमान् आठ वर्षअघि प्रेसर हाइ भएर मृत्यु भयो त्यो दिनले राधालाई मात्र श्रीमान् होइन, घर चलाउने भरपर्दो साथीसँगै खोसेर लग्यो।

एकछिनका लागि जीवन अडियो, आँसु बग्यो। तर दुई नाबालक सन्तानको भोकले राधालाई उठायो। उनको आँखामा एउटा कुरा मात्र थियो — “म मेरा बच्चाहरूको सपना मर्न दिनेछैन।”

श्रीमानको मृत्युपछि उनले कहिले हिन्दै कहिले साइकलमा बदाम बेच्न थालिन् बदाम बेचेर खर्च धान्न नसके पछि उनले घर बनाउने काम पनि गरिन् बाबूहरु सानै थिए घरमा रेखदेख गर्ने कोहि थिएनन् । त्यसैले मजदुरीको काम छोडे फेरि बदाम बेच्न लागेँ उनले भनिन् ।
केही समय पछि एउटा सस्थाले ३५०० सहयोग गर्यो र म आफैले पनि केही रकम जम्मा गरेर ठेला बनाएर फलफूल बेच्न लागेको उनले बताइन।
अहिले उनले सिजन अनुसारको फलफूल बेच्छीन । पहिला बुटवल योगिकुटि,मडिग्राम हुदै भलबाडी सम्म पनि साइकल लिएर पुग्ने राधा अहिले भने टाढा जान सक्दिनन्। उनले बिहान ४ बजे उठेर साईकलमा बुटवल मन्डी पुगि फलफूल लिएर आउछिन र छोरा हरुलाई खाना पकाएर स्कुल पठाएर बल्ल ठेलामा फलफूल बेच्न को लागि ठेला गुडाउछिन् ।यति मेहनत गर्दा पनि फलफूल मात्र बेचेर कोठा भाडा र घर खर्च चलाउन मुस्किल पर्ने बताइन् ।

१० बजे देखि ठेला लिएर घुमे पनि साझ ४ बज्दा नबज्दै उनी घर पुग्नै पर्छ ।सबै जना आरम गर्ने समयमा उनी भने फलफूल राख्नुस ,केरा,स्याउ,अङ्गुर ,खरभुजा भन्दै चिच्याउदै हिड्छिन ।छोराहरुलाई स्कुलबाट घर ल्याएर नास्ता खुवाएर फेरि राती ९/१० बजे सम्म फलफूल बेच्छिन् । रानिगन्जमा उनलाई नचिन्ने सायदै होलान। उनले भनिन,“ म मेहनत र संघर्ष गरिरहेकी छु त्यसैले होला एकल महिला भनेर कसैले अपहेलना सहनु परेको छैन सबैले फलफूल किनेर सहयोग गर्नुहुन्छ ।” व्यापार हो सधै नाफा मात्रै हुँदैन फलफुल कुहिन्छ घाटा हुन्छ , कहिलेकाही फलफूल बिक्दैन त्यो बेला उनलाई आफ्नो भन्दा २ छोराको चिन्ताले सताउछ । उनी कुनै पनि काम गर्न हिचकिच्याउदिनन् साँझ विहानको छाक टार्न र छोराहरुको लागी गाउँकै दिदिबहिनीहरुले लुगा धुन,घर सफा गर्न बोलाएको ठाँउमा काम गर्छिन्। उनी भन्छिन्,बोलाएको ठाँउमा समय मिलाएर जान्छु अलि अलि खर्च चल्छ ।
श्रीमानको मृत्युले जीवन उल्ट्यायो। दुःख त थुप्रै थिए, तर त्योभन्दा गहिरो पीडा छोराको अवस्था हो — उनले भन्निन मेरो जेठो छोरो अपांग छन ।सुस्तमन्स्थिती संगै आँखा पनि राम्रो देख्न सक्दैनन् ।
“उ छुन सक्थ्यो, तर हेर्न सक्दैनथ्यो,” भन्छिन् राधा, आँखामा आँसु सम्हाल्दै।
छोराको आँखाको उपचार सम्भव छ भन्ने कुरा चिकित्सकले भने पनि राधाको आर्थिक अवस्था त्योभन्दा धेरै टाढा छ। त्यसैले अहिलेको पहिलो प्राथमिकता — ठेला चलाएर जीविका, अनि छोराको भविष्यका लागि आशा।

मिहिनेतमा भरोसा, भाग्यमा होइन

राधाले फलफूल बेच्ने बिहान ४ बजे उठ्ने, पसिनाले भिज्ने दिन, र रातभर थकान।
तर उनी भन्छिन्, “जति दुखे पनि जब छोरोको मुस्कान देख्छु — थकाइ बिर्सन्छु।”

महिनाको १०।१५ हजार रुपैयाँ जति कमाइ हुन्छ। त्यो रकम घरको भाडा, छोराको स्कुल खर्च, र छोराको औषधिमा पुग्दैन।
“म सहयोग माग्दिन तर मौका पाएँ भने छोरोको आँखामा उज्यालो फर्काउन चाहन्छु,” उनको विनम्र अपेक्षा छ । मेहनत गर्न रमाइलो लाग्ने राधा लाई एक छोरालाई पण्डित पेसामा आवद्ध गराउने मन छ ।

राधा हजारौं नेपाली महिलाको प्रतिनिधि हुन्, जसले सहरका गल्लीहरूमा नदेखिने तर साहसी इतिहास लेखिरहेका छन्। ठेलामा सामान मात्र होइन, आत्मसम्मान बोकेको कथा पनि गुडिरहेको छ।राधा भण्डारीको कथा केवल आर्थिक संघर्षको कथा होइन, त्यो हो — नहारिने आमाको माया र अपांग छोराको आशामा बाँचेको भविष्य।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij