JanataToday.com

Advertisment

SKIP THIS

ओमसतियामा उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु

ओमसतियामा उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु

भैरहवा  ओम सतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्रो सस्करण हो ।

गाउँपालिका स्तरीय प्रतियोगितामा वार्ड नम्बर १ बाट २ टिम सहभागी छन भने वडा नम्बर २, ३, ४ र ५ बाट एक एक टिम तथा गाउँपालिकाका महिला कर्मचारीको एक टिम गरी जम्मा ७ टिमको सहभागिता रहेको छ ।

शुक्रबार सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार रुपैया, ट्रफी तथा पदक प्राप्त गर्नेछन भने उप बिजेता टिमले नगद ३० हजार रुपैया ,ट्रफी र पदक प्राप्त गर्नेछन् । त्यसै गरी तेश्रो स्थानमा आउनेले १५ हजार रुपैया, ट्रफी र पदक प्राप्त गर्नेछन् ।त्यसै गरी सर्बोत्कृट खेलाडीलाई ५ हजार रुपैया प्रदान गरीनेछ ।

प्रतियोगिताको मुख्य उद्धेश्य महिला दिदी बहिनीहरुलाई चुलोचौको तथा घरका काम बाहेक पनि खेलकुदमा लगाई खेल प्रतिभा प्रष्फुटन गर्ने रहेको प्रतियोगिता संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताउनु भयो ।

प्रतियोगिताको उदघाटन गाउँपालिका अध्यक्ष एवं प्रमखु अतिथी मन्जित कुमार यादव सोनुले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो । खेल उदघाटन गर्दै प्रमुख यादवले गाउँपालिकाले खेलकुद लाई प्राथमिकतामा राखेको बताउनु भयो । गाउँपालिकामा रहेका खेलाडीहरुलाई अघि बढन बिभिन्न माध्यमबाट सहयोग गर्ने गरेको यादवको भनाई थियो ।

भलिवल खेलको उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर १का अध्यक्ष बेल बहादुर बराल मगर ,वडा नम्बर ३का अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डे, वडा ६ का वडा अध्यक्ष शिब कुमार धवल, लेखा अधिकृत कमल शर्मा लगायतको उपस्थिति थियो । उदघाटन सत्रको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापा राउतले गर्नु भएको थियो ।

प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर एक को ए टिमले वार्ड नम्बर २ लाई सोझो सेटमा २–०ले हराउदै अघिल्लो चरणमा प्रबेश गर्न सफल भयो । २ नम्बरको ए टिमले पहिलो सेट २८–२६ तथा दोश्रो सेट २५–२१ अंकले जितेको हो । त्यसै गरी बिहीबारनै सम्पन्न अर्को खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ४ लाई २–० सेटले हराउन सफल भयो । पहिलो सेट २५–१ ले तथा दोश्रो सेट २४–१३ले हराउदै वार्ड नम्बर ४ प्रतियोगिताको अघिल्लो चरणमा प्रबेश गर्न सफल भएको हो । प्रतियोगिताको सेमिफाईनल, फाईनल तथा तृतियस्थानको खेल शुक्रबार सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij