JanataToday.com

Advertisment

SKIP THIS

नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा

काठमाडौं , आईसीसी महिला टी ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

थाइल्यान्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ। यदि, नेपालले आज खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

यसअघि ग्लोबल छनोटमा पुग्न नसकेको नेपाल यूएईलाई हराएर अर्को चरणमा पुग्ने अवसर छ। एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन्। शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो।

आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ। यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ।

यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो।

नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ। अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो।

खेल थाइल्यान्डको बैंककमा बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij