भैरहवा, जनमत पार्टी लुम्बिनी प्रदेशले विभिन्न ६ बुँदे माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, लुम्बिनी प्रदेश सरकारलाई थप सशक्त बनाउन संघीय सरकार मातहत रहेका प्रहरी तथा प्रशासनलाई प्रदेश सरकार अन्तर्गत राख्नुपर्ने, प्रदेश सचिवहरुलाई संघबाट खटाउने प्रणाली खारेज गरी प्रदेश सरकार आफैले नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय सरकार अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुको नियुक्ति, बढुवा र सरुवाको अधिकार प्रदेश सरकार मातहत राख्नुपर्ने जनमत पार्टीको माग छ ।
त्यस्तै लुम्बिनी प्रदेशलाई नशामुक्त बनाउन विशेष अभियान सञ्चालन गर्न र यस सम्बन्धी प्रभावकारी नीति लागू गर्नुपर्ने, कम पढेलेखेका र अशिक्षित महिलालाई लक्षित गरी रोजगारीका कार्यक्रमहरु ल्याउनुपर्ने, लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेखनीय भएकोले प्रदेशमा पठाइने रेमिट्यान्स, राजस्व बढी भएकाले अनुपातलाई ध्यानमा राखी सोही अनुसारको बजेट बिनियोजन गर्नुपर्ने तथा किसानहरुलाई समयमै मलखाद उपलब्ध गराउनका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने माग गरिएको जनमत पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष राजेन्द्र गुप्ताले बताए ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्