बुटवल-नेपाल प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्ज्वलन गरिएकाे छ । युनियनकाे ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलकाे वीपी चाेक स्थित वीपीकाे शालिक परिषरमा दीप प्रज्वलन गरिएको हाे ।
दीप प्रज्ज्वलन कार्यक्रममा युनियनका पदाधिकारी तथा सदस्यहरु, संस्थापक तथा पूर्वअध्यक्षहरु, नेपाली काँग्रेसका नेताहरु, स्थानीय तहका जनप्रतिनीधिहरु, नेपाल पत्रकार महासंघ, पत्रकारका पेशागत संगठनका अध्यक्ष तथा प्रतिनीधिहरु, ट्रेड युनियनका अध्यक्ष लगायत पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।
प्रजातान्त्रिक पत्रकारहरुको भेलाले ट्रेड युनियनको अवधारणामा पत्रकारहरुको पेशागत हकहितका लागि एकतावद्ध र संगठित रुपमा अंगाडि बढ्ने दृढ संकल्प सहित २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।
त्यसैगरी २०५१ सालमा रुपन्देहीमा जिल्ला शाखा गठन गरिएको थियो । अहिले नेपाल प्रेस युनियनमा ८ हजार बढी सदस्य छन भने रुपन्देहीमा २ सय बढी सदस्य आवद्ध रहेकाे नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयाे ।
स्थापना कालदेखि नै पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आएको नेपाल प्रेस युनियनले व्यवसायिक पत्रकारिता विकास, स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघमा नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । बालनसिंह गुरुङको अध्यक्षतामा २०५१ सालमा रुपन्देही शाखा गठन गरिएको थियो । त्यसयता जिल्लामा खिमानन्द भट्टराई, अखिल शर्मा तिवारी, छविलाल पाण्डे, स्व.टिकाराम न्यौपाने, हरिष ढकाल, रामराज पोख्रेल, भवानीप्रसाद पाण्डे, विक्रम खड्का र रेखा भुसालले नेतृत्व गरिसक्नु भएको सचिव कपिल ज्ञवालीले बताउनु भयाे ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्