काठमाण्डाै – उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएकाे छ ।
न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत राैतहटकाे फैसला उल्ट्याउँदै आज कांग्रेस नेता आलमसहित, उनका भाइ माेहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएकाे हाे ।
आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियाे । याे घटनामा जिल्ला अदालत राैतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदकाे फैसला सुनाएकाे थियाे ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्