JanataToday.com

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाण्डौ , पेट्रोलियम पदार्थको भाउ बढेको भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजल र मट्टीतेलमा १ रुपैयाँले भाउ बढेको हो ।

बढेको भाउ गएरातिदेखि नै लागू भएको निगमले जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । डिजेल –मट्टीतेलको प्रतिलिटर १४० रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ५८ रुपैयाँ पर्ने र डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै तेस्रो वर्गमा पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५९ रुपैयाँ पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ पर्नेछ ।

त्यस्तै हवाई इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाइएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij