काठमाण्डौ – आईसीसी विश्वकप लिग टू अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जीत निकालेको छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जीत हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक रहेको थियो ।
करणले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो । नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।
कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे । कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्यो ।
स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडे । त्यस्तै करण, सोमपाल र रिजनले २–२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
जीतसँगै ८ टोली सहभागी लिग टू मा नेपाल १३ खेलमा ८ अङ्कका साथ सातौं स्थानमा छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा छ ।
विश्वकप लिग टू ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्