प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित भएको छ। शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय आयोग बन्नै पर्ने अडान राखेर विपक्षी दलहरूले सदनमा अवराेध गर्दै आएका छन्। खुलाउने प्रयास विफल भएपछि शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएकाे हाे।

यस प्रकरणलाई लिएर विपक्षीहरूले १३ गते देखि नै सदनमा अवरोध गर्दै आएका छन्। संवैधानिक व्यवस्था अनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने भएकाले त्यसदिन भने उनीहरूले बैठक चल्न दिए।

तर त्यसपछि प्रक्रियामा विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेका छन्। बैठक सञ्चालनका लागि सभामुख र सत्तारुढ दलहरूले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुटेको छैन।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij