सरकारले आ।व। २०८२÷०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि रुपन्देहीका सुनचाँदी व्यवसायीले व्यवसाय बन्द तथा शान्तीपूर्ण विरोध गरेका छन्।
रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा सुनचाँदी व्यवसायीहरूले सुनमा लगाइएको विलासिता कर र हिरा९जवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण विरोध प्रदर्शन गरेका हुन।
राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्ने माग गरिएको केन्द्रिय सदस्य चेत नारायण विश्वकर्मा विष्णुले बताउनुभयो।
विरोध सभामा सम्बोधन गर्दै सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको केन्द्रिय सदस्य दिपक विश्वकर्मा ले बताउनुभयो।

त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने , भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी व्यवसायी संंघ अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा बुटवल सुनचाँदी व्यवसायी संघ का अध्यक्ष गोकुल विश्वकर्माले सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाई व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना गरिएको बताउनुभयो ।

सरकारले अनावश्यकरुपमा लगाएको कर खारेजीको विकल्प नभएको देवदह सुनचाँदी व्यवसायी संघका इन्द्र बहादुर विश्वकर्माको भनाई छ ।
सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा ४ हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् । अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
छिमेकि मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर ४ प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै ६ प्रतिशत भन्सार दर बनाउन पनि ब्यवसायीहरूले माग गरेका छन ।

चरणबद्ध आन्दोलनका क्रममा आफ्ना मागसहितको व्यानर पसल पसलमा व्यानर राख्ने, कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध स्वरुप ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने , जिल्ला संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने र प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर र ज्ञापनपत्र बुझाउने संघका महासचिव सतिस कुमार कौसल दिपकले जानकारी दिनुभयो ।
आजको विरोध कार्यक्रममा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ,तिलोत्तमा सुनचाँदी व्यवसायी संघ, देवदह सुनचाँदी व्यवसायी संघ,सैनामैना सुनचाँदी व्यवसायी संघ,सुद्धोधन सुनचाँदी व्यवसायी संघ,कञ्चन सुनचाँदी व्यवसायी संघ, र लुम्बिनी सुनचाँदी व्यवसायी संघको उपस्थिती रहेको थियो।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्