सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पुनः मुद्दा दर्ता

सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पुनः मुद्दा दर्ता

काठमाडौँ : सहकारीको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

 

 

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो माग दाबी भएको छ। यो मुद्दामा लामिछानेसँगै छविलाल जोशी, प्रमोद भट्टराई र रामबहादुर खनाल थुनामा छन् भने अन्य २५ जना फरार छन्।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो। त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा १०१ पेजको पूरक अभियोगपत्र दर्ता गरेको हो।

लामिछाने हाल रूपन्देही कारागारमा जेल जीवन बिताइरहेका छन्। केही दिनअघि उनी कारागार सरुवा भई काठमाडौँ सारिने चर्चा थियो। विरामी भएर सरुवा हुने कैदीबन्दीका लागि डाक्टरले रिफर गरेर पठाउने व्यवस्था छ। कैदीबन्दी बसेको कारागारमा उपचारको राम्रो व्यवस्था नभएको अवस्थामा उपचारको व्यवस्था भएको कारागारमा सरुवा गर्ने चलन छ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद्‌मा विरोध गरिरहेको छ। यसै समयमा पुनः मुद्दा दर्ता भएको हो।

 

प्रकाशित मिति : आइतबार, असार १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij