सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउन तीन दल सहमत

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउन तीन दल सहमत

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्नुहुँदै । तस्बिरः सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

 

काठमाण्डौ – मुख्य तीन राजनीतिक दलले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउने सहमति गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई चार वर्षको समय तोकिएको छ ।

शीर्ष नेताहरुको छलफलमा आयोगका पदाधिकारीबारे पीडित पक्षले उठाएका माग सम्बोधन गरेर अघि बढ्ने र सरकारका तर्फबाट अनुसन्धानलगायत काममा सहयोग उपलब्ध गराउने समेत सहमति भएको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजारभन्दा बढी निवेदन परेको छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजारभन्दा बढी उजुरी परेका छन् । अहिले दुवै आयोगले थप उजुरीका लागि सूचना निकालेका छन् ।

प्रकाशित मिति : शनिबार, असार ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij