काठमाडौं । एसिसी पुरुष यु.१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए ।
१० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन् । उनको बलिङमा तीन मेडन समेटिएको छ । जापानलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिन शर्मा र अभय यादवले दुईदुई विकेट हात पार्दा सुशील बहादुर रावलले एक विकेट हात पारे ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र ग्याबी हाराहिन्जे १३ रन बनाए । उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३४।३ बलमा सबै विकेट गुमाउँदै जापान ८० रनमा समेटिएको हो ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङ गरेको हो ।
पहिलो खेलमा नेपालले सिङ्गापुर र जापानले भुटानलाई हराएका थिए । एसियाली क्रिकेट परिषद् ९एसीसी०को वार्षिक कार्यतालिका अनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
जापानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।
प्रकाशित मिति : मंगलबार, असार १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्