काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनीरूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छिन्।
बिहीवार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनीरूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन्।
उनले विदेश जानेहरूलाई कानुनी रूपमै जानका लागि आग्रह समेत गरिन्। उनले श्रम सञ्चार एपमा सरकारी टु सरकारी सम्झौता गरेर पठाएका कामहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन्।
महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल शुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्