काठमाण्डौ – एएफसी महिला एशियन कप छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो । नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १/१ गोल गरे ।
यो जीतसँगै नेपाल २ खेलमा ६ अङ्कसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको जोडेको छ । नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार आयाेजक उज्वेकिस्तानसँग खेल्नेछ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।
प्रकाशित मिति : बुधबार, असार १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्