JanataToday.com

Advertisment

SKIP THIS

मलेशियासँगको सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै

मलेशियासँगको सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियासँगको खेलमा नेपालले टस जितेको छ । क्वालालम्पुरमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन् ।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बाङ्गीमा सिङ्गापुरसँगको खेलमा हङकङले टस जितेको छ । हङकङका कप्तान क्रिश बुटानीले टस जितेर ब्याटिङ रोजेका छन् ।

नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहान पौने ८ बजे नै हङकङ र सिङ्गापुर खेल्दैछन् ।

१६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

प्रकाशित मिति : बिहिबार, असार १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij