समावेशीताको यात्रामा तिलोत्तमा

समावेशीताको यात्रामा तिलोत्तमा

तिलोत्तमा -समानताको सपना केवल कानुनी दस्तावेजमा सीमित नहोस् भनेर ,स्थानिय सरकारको तर्फबाटै व्यवहारिक रुपमा समावेशी अभ्यास सुरु गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ तिलोत्तमा नगरपालिका ।
तिलोत्तमा नगरपालिकाले दलित समुदायको शैक्षिक सामाजिक र आर्थिक सशक्तीकरणका लागी विगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नगरले सञ्चालन गरेका दलित ज्ञान उत्सव,लेखा तालिम, मण्टेश्वरी तालिम ,जातीय अन्तरघुलन कार्यक्रम र पुस्तक प्रकाशनजस्ता कार्यक्रमहरुले अब स्थानीय तहमा समावेशीताकेवल दस्तावेज नभई व्यवहारमै देखिन थालेको संकेत दिन थालेका छन् ।
हेरौ नगरपालिकाले गरेको उदाहरण

दलित ज्ञान उत्सव ः “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने नारालाई आत्मसात् गरेको तिलोत्तमा नगरपालिकाले न्याय, समानता र अधिकारका लागि तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ आयोजना गरेको हो ।उत्सवले समुदाय भित्रको ज्ञानलाई मञ्च दिने प्रयास दलित समुदायको मौलिक संस्कृति, इतिहास,संघर्ष र सीपलाई देखाउने उदेश्यले तिलोत्तमा नग।पालिकाले आयोजना गरेको हो “दलित ज्ञान उत्सव”ले समुदायभित्रको आत्मविश्वास अभिवृद्धिमा उल्लेखनीय योगदान पु्र्याएको छ । उत्सवमा दलित समुदायका शिक्षक ,कवि,लेखक,संस्कृतिकर्मी,कालीगढ,विद्यार्थी र स्थानिय अगुवाको सहभागिता रहेको थियो ।
ज्ञाान उत्सवमा विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीतसंगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गरिएको र उत्सवलाई दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याउने र स्थानीय सरकारले दलितको आत्मसम्मान जगाएको तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र श्री ले बताए ।

लेखा तालिम ः सामूहिक संस्थाहलाई पारदर्शिता र क्षमताको आधार दिने दलित समूदायमा क्रियाशील महिला,युवा क्लव,सहकारी तथा सामुदायिक संस्थाहरुको लेखाप्रणाली र आर्थिक व्यवस्थापनमा सशक्तीकरण ल्याउन तिलोत्तमा नगरपालिकाले लेखा तालिम सञ्चालन भएको तालिममा तिलोत्तमा भित्रका १७ वटै वडा स्तरका ३७ भन्दा बढि दलित युवाको सहभागिता थियो ।उनीहरुलाई खर्च र आम्दानी अभिलेखन ,बजेट निर्माण, सार्वजनिक खर्च नियमन,संस्थाको पारदर्शिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । संतोष परियार ,वडा नं ५ का दलित युवा भन्छन्‘हामी पहिले संस्थाको पैसा राख्ने र खर्च गर्ने तरिका राम्रोसँग जान्दैनथ्यों।लेखा तालिमपछि हाम्रो समूहले मासिक हिसाब राख्न थालेको छ ।’

मण्टेश्वरी तालिमः शिक्षामा प्रारम्भिक हस्तक्षेप दलित महिलालाई शिक्षको प्राथमिक तहमै सहभागी गराउने र बालबालिकाको विकासमा समुदायको योगदान बढाउने लक्ष्यसहित नगरपालिका र स्थानीय संस्थाको साझेदारीमा ‘ मण्टेश्वरी तालिम’ सञ्चालन गरिएको हो ।तालिममा १५ जना दलित महिलाले बालबिकास केन्द्रको सञ्चालन,खेलमुखी सिकाइ,बालमनोविज्ञान,सरसफाई र पोषणसम्बन्धी तालिम लिए ।तालिमपछि उनीहरुमध्येकेहीले काम पनी पाएका छन् । तालिम लिए पश्चात सरिता बिक भन्छिन्, ‘ हामीलाई पहिले शिक्षा क्षेत्रमा केहि गर्ने कल्पना पनि थिएन। तालिमपछि मैले बुझे बालबालिकालाईमाया र सीपसहित सिकाउन सकिन्छ ।’

जातीय अन्तरघुलन कार्यक्रमःविभाजन होइन सहअस्तित्व जातीय विभाजन र सामाजिक दूरी अन्त्य गर्ने दीर्घकालीन सोचसहित तिलोत्तमा नगरपालिकाले ‘ जातीय अन्तरघुलन कार्यक्रम’सञ्चालन गर्यो।विद्यालय,क्लब,महिला समूह र समूदायबीच अन्तरक्रिया,गोष्ठीजस्ता कार्यक्रममा दलित र गैरदलित समुदायको सहभागिता सुनिश्चित गरियो ।जातिय विभेद अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरी बजेट नै छुट्टाएर विभिन्न वडामा सामाजिक अन्तरघुलन कार्यक्रम गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेञ्चुरीले बताए । उनले तिलोत्तमा नगरपालिका वडा नं। ६, १४, १० , ९, ८ र ४ वडा गरी पालिकाका ६ वटा वडामा सामाजिक अन्तरघुलन कार्यक्रम गरिएको बताउँदै सबै प्रकारको विभेद अन्त्यका लागि यसले टेवा पुगेको बताए ।

पुस्तक प्रकाशन ःत्यस्तै तिलोत्तमा नगरपालिका ले दलित समुदायको जन्म देखी मृत्यु संकार सम्बन्धी कुरा समेटिएको पुस्तक पनि प्रकाशन गरेको छ । पुस्तक विद्यालय ,पुस्तकालय तथा सामुदायिक केन्द्रहरुमा वितरण गरिदैछ ।समावेशी विकासको प्रतिबद्धता सहित तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण भन्छन्,‘ हामी विकासलाई केवल सडक ,भवन र आयोजनासम्म सीमित मान्दैनौं। जबसम्म समाजका सबै वर्गलाई समान अवसर दिइदैन,तबसम्म समृद्धिको सपना अधुरो रहन्छ। दलित समुदायसंग सहकार्य गरेर ,उनीहरुका आवाज सीप र योगदानलाई मूल्य दिँदै ,समावेशी शासनको अभ्यास गर्दछौं।’ अनुकरणीय अभ्यासको आधार तिलोत्तमा नगरपालिकाले देखाएको यी कार्यक्रमहरु केवल औपचारिकता होइनन् यी परिवर्तनका आधारभूत इँटा हुन् । दलित समुदायलाई केन्द्रमा राखेर गरिएको यी प्रयासहरुले जनताको विश्वास,सहभागिता र सम्भावनाको ढोका खोलेका छन् ।
यसरी तिलोत्तमाको यी पाँच कदमहरुले अन्य पालिकाहरुलाई पनि सिक्न र अघि बढ्न प्रेरणा दिएको छ ।तिलोत्तमा नगरपालिकामा ११ हजार भन्दा बढी दलित समुदायको बसोवास रहेको छ ।

प्रकाशित मिति : बिहिबार, असार १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij