JanataToday.com

Advertisment

SKIP THIS

मलेशियालाई हराउँदै नेपाल ‘यू–१६ इस्ट जाेन कप’ काे फाइनलमा

मलेशियालाई हराउँदै नेपाल ‘यू–१६ इस्ट जाेन कप’ काे फाइनलमा

काठमाण्डाै – घरेलु टाेली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेकाे छ ।

क्वालालम्पुरमा आज भएकाे पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हरायाे । मलेशियाले दिएकाे ९१ रनकाे लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायाे । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाए । मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयाे । मलेशियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए ।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । सिङ्गापुरले हङकङले दिएकाे १ सय ६९ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।

नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हाे ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

प्रकाशित मिति : बिहिबार, असार १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij