काठमाण्डौ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् । यो खेल मलेशियाको बाङ्गीमा अहिले बिहान पौने ८ बजे शुरू हुनेछ ।
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेटले हराएको थियो । यस्तै सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।
समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।
प्रकाशित मिति : शनिबार, असार २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्