कुलिङ पिरियड तोडमोड : छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन, कांग्रेसले नेतृत्व गर्ने

कुलिङ पिरियड तोडमोड : छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन, कांग्रेसले नेतृत्व गर्ने

काठमाण्डाै – निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा भएकाे त्रुटिकाे विषयमा छानबिन गर्नका लागि सात सदस्यीय विशेष संसदीय समिति गठन हुने भएकाे छ ।

सिंहदरबारमा सभामुख देवराज घिमिरे र विभिन्न दलका नेताहरूबीच आज भएकाे छलफलपछि कुलिङ पिरियड प्रकरणकाे छानबिनका लागि विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार समितिमा एमाले र नेपाली कांग्रेसको तर्फबाट दुई/दुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट एक/एक जना सदस्य रहनेछन् । दलहरूले नाम दिएपछि समिति गठन हुनेछ ।

समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिने सहमति भएको मुख्य सचेतक बर्तौलाले जानकारी दिनुभयो । समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेकाे विधेयकमा दुई वर्षको कुलिङ पिरियड राखेको बताइए पनि घुमाउरो तरिकाले नियुक्ति लिने बाटो खुला गरेको भन्दै सांसदहरूले छानबिनका लागि आग्रह गरेका थिए । याे विधेयक प्रतिनिधिसबाट पारित भइसकेपछि ‘कुलिङ परियड’ सम्बन्धमा त्रुटि भएकाे विषय सार्वजनिक भएकाे थियाे ।

प्रकाशित मिति : शनिबार, असार २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij