एसईईमा उत्कृष्ट अंक ल्याउने २५ सय विद्यार्थीलाई अनेरास्ववियुले ग-यो सम्मान 

एसईईमा उत्कृष्ट अंक ल्याउने २५ सय विद्यार्थीलाई अनेरास्ववियुले ग-यो सम्मान 

बुटवल, अनेरास्ववियु रुपन्देहीले जिल्लाबाट सामुदायिक र निजी विद्यालयबाट एईईमा उत्कृष्ट अंक ल्याउने करिब २५ सय विद्यार्थीलाई सम्मान गरेको छ ।

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लाका ३२ वटा विद्यालयबाट ८८ जना विद्यार्थीले ४ जिपिए ल्याएको र अन्य करिव १६८ विद्यालयबाट ३।६ जिपिए भन्दा माथि ल्याउने २ हजार ४ सय ७ जना विद्यार्थीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले सरकारी र निजी क्षेत्रको समन्वयमा शैक्षिक क्षेत्रमा रूपन्देही देशकै उत्कृष्ट जिल्ला वनेको र सामुदायिक विद्यालयले पनि एकरएक गरी राम्रो परिणाम हासिल गर्न सफल भएकोमा सबैलाई खुसी बनाएको बताए ।

नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभई अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताए।

पौडेलले शिक्षा जीवनको प्रमुख अङ्ग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने र शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्‍याएर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी धेरै कामहरु भएको बताए। शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आआफ्नो क्षमता र चाहनाअनुसार छनोट गरी अध्ययन गर्न उनले आग्रह गरे।

पौडेलले अहिले नेपालमा भविष्य छैन भन्ने कुप्रचारको अवस्था देखिएकोले यो भ्रममा नपरि निश्चिन्त शिक्षा हासिलमा लाग्न आह्वान गरे। उनले नकारात्मक कुराहरुलाई सकारात्मक कुराहरुले जित्न नसकेमा परिणाम नराम्रो आउने हुनाले सकारात्मक सोच, बोली र व्यवहार अंगाल्नुपर्ने धारणा राखे।

पौडेलले राज्यको मियो राजनीति सही दिशामा लागेकोले निश्चिन्त रहेर अगाडि बढ्न आह्वान गरे ।

 

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डाक्टर सुजन कडेरिया ,नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष भरत अर्याल लगायतले बोल्दै रूपन्देहीले ८८ जना ४ जीपीएसहित उत्तीर्ण भएको वताए । उनीहरुले अन्य विद्यार्थीले पनि उत्कृष्टता हासिल गरेको र आगामी समयमा थप उत्कृष्ट ता हासिल गर्न सरोकारवाला लाग्नुपर्ने वताए । उत्तीर्ण विद्यार्थीले आफ्नो क्षमता र चाहना अनुसार लाग्न अनुरोध गर्दै बधाई तथा शुभकामना दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लिला गिरी ,नेकपा एमाले पोलिटब्यूरो सदस्यहरू खिमलाल भट्टराई र दधिराम न्यौपाने, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, संघीय सांसद बासुदेव घिमिरेलगायतले अनेरास्ववियुले गरेको सम्मानले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उत्साह थपिएको बताए ।

प्रकाशित मिति : आइतबार, असार २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij