भैरहवा , रुपन्देही प्रहरीले करिव ६ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव ५ लाख ६१ हजार ९८५ रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका नं। २ मेउडिहवाबाट लेडिज साडी ११६ पिस, लेडिज कुर्ता सुरुवाल ६६ पिस कपडा बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं। ३ र ७ बाट लु १६ प ०७ नं।को मोटरसाईकलमा ल्याउंदै गरेको अवस्थामा ७ बोरा युरीया मल, सानो बोत्तल चिसो १ कार्टुन, सरफ १ बोरा, खाने तेल १५ पोका र किराना सामान मोटरसाइकल सहित बरामद गरेको ,छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं। १ बेलहियाबाट लु २ प ६७८६ नं।को मोटरसाईकलमा ल्याउदै गरेको आप ७५ केजी, पाईन्टको कपडा ५ रोल, इलास्टिक १८ प्याकेट र किराना सामान मोटरसाइकल सहित बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं। ८ अंचलपुरबाट बेवारिसे अवस्थामा रहेको चिनी २०० के।जी, छालाको बेल्ट २२ पिस, मटर दाना १५ के।जि।,टपसुट २२ पिस, गोल्डी मसला ६ पोका र मिठाई ३ पोका बरामद गरेको छ ।
प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं। १ झण्डिबजारबाट चिसो, पन्चु, फ्रुट टोकरी, लन्च बक्स र पेनसिल बक्स बरामद गरेको छ भने प्रहरी बिट गल्लामण्डीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा ४ र ६ बाट चिनी करिव १०० के।जी।, एलजी कम्पनीको १।५ टनको एसी १ थान बरामद गरेको छ ।
प्रकाशित मिति : आइतबार, असार २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्