केरा खेतीबाट आत्मनिर्भरता: रमाकान्त खरेलको ३० वर्षे अनुभव

केरा खेतीबाट आत्मनिर्भरता: रमाकान्त खरेलको ३० वर्षे अनुभव

 

बुटवल– बुटवल उपमहानगरपालिका–१८, कृषक रमाकान्त खरेल दारिवाला विगत तीन दशकदेखि केरा खेतीमा संलग्न छन्। वि.सं. २०५१ सालदेखि सुरु भएको उनको केरा खेती आज व्यावसायिक र प्रेरणादायी मोडमा पुगेको छ। सुरुवातमा सानो परिमाणमा खेती थालेका खरेलले एक समय १५ बिगाहा जमिनमा केरा उत्पादन गरेका थिए। अहिले उनी ३ बिगाहामा केरा खेती गर्दै वार्षिक करीब १० लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।

रमाकान्त खरेल केरा खेतीका अनुभवी र जानकार कृषक हुन्। उनले आफ्नो अनुभव र सिप अरू किसानहरूसँग निःशुल्क रूपमा बाँड्दै आएका छन्। धेरै किसानले खरेलसँग केरा खेतीबारे परामर्श लिएर आफ्नै जमिनमा खेती सुरु गरेका छन्। उनको भनाइमा, “केरा खेती सजिलो छैन, तर यदि सिप, मेहेनत र योजना अनुसार गरियो भने फलदायी हुन्छ। म आफैंले थुप्रै पटक गाह्रो सहेर सिकेको कुरा अहिले अरूलाई सिकाउन पाउँदा खुसी लाग्छ।” खरेलले केरा खेतीमा वैज्ञानिक विधिहरू अपनाएका छन्।

माटो परीक्षण, नर्सरीमा गुणस्तरीय बिरुवा तयार पार्ने, ड्रिप सिँचाइ, कीरा रोग नियन्त्रण र बजार व्यवस्थापन सबै पक्षमा उनले विशेष ध्यान दिएका छन्। उनको बारीमा अहिले करिब १,२०० वटा केरा बोट छन्। बोटहरूलाई निश्चित दूरीमा रोपिएको छ र जैविक मलको प्रयोग गरेर माटोको उर्वरता कायम राखिएको छ। वार्षिक रूपमा करिब १० लाख रुपैयाँ आम्दानी गर्ने रमाकान्तको मुख्य बजार बुटवल, भैरहवा, तिलोत्तमा बजार हुन्।

उत्पादनको ८० प्रतिशत बजारमै खपत हुन्छ भने बाँकी हिस्साले स्थानीय बजार पूर्ति गर्छ। खेतीका लागि मल, मजदुरी, सिँचाइ, बीउ तथा अन्य व्यवस्थापन खर्च कटाएर पनि उनी ४–५ लाख रुपैयाँ नाफा राख्न सफल छन्। रमाकान्त खरेलजस्ता कृषकहरूले देखाएको मेहनत र सफलता कृषि पेशाको उज्यालो भविष्यको संकेत हो। उनले हालसम्म ५० भन्दा बढी किसानहरूलाई केरा खेतीको तालिम दिइसकेका छन्।

केही किसान त अहिले आफ्नो क्षेत्रमै व्यावसायिक स्तरमा सफल छन्। रमाकान्त खरेलजस्ता कृषकहरू हाम्रो समाजका परिवर्तनकर्ता हुन्। उनीहरूले देखाएको बाटो पछ्याउँदै धेरैले कृषि पेशाबाट आत्मनिर्भर बन्न सक्छन्। आजको दिनमा उनी मात्र कृषक होइनन्, एक प्रशिक्षक, मार्गदर्शक र प्रेरणादायी पात्र पनि हुन्।

प्रकाशित मिति : सोमबार, असार ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij