स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाण्डौ – स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धित व्यक्तिलाई लगिएको भनिएको घटना छानबिन गर्न समिति गठन भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

बोगटीको नेतृत्वमा सीआईबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्य रहनेगरी छ सदस्यीय समिति बनाइएको छ । हिजो गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आईजीपी दीपक थापालाई स्पेन प्रकरणबारे छानबिन गर्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो । उहाँसहितको प्रतिनिधिमण्डल असार २० मा स्वदेश फर्किएको थियो । तर स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको भनेर समाचार आइरहेका छन् । यसबारेमा संसदमा पनि प्रश्न उठेको छ ।

प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij