JanataToday.com

Advertisment

SKIP THIS

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

काठमाण्डाै – सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । अस्ति सोमवार बसेको मन्त्रिपपिरषद् बैठकले साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रिय कृषक समूह महासङ्घले साउन १५ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउँदै आएको थियो । यस वर्षदेखि सरकारले राष्ट्रिय रूपमै दिवस मनाउने भएको हो ।

सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेर उत्पादन बढाउने कार्यक्रम सञ्चालन गरे पनि बहुगुणी अन्नका रूपमा रहेको कोदो उपेक्षामा परेको छ ।

पछिल्लो समय शहरका होटल तथा रेस्टुरेन्टमा समेत कोदोका परिकार मन पराउने ग्राहक बढिरहँदा कोदोको माग बढेको छ । तर माग बढे पनि उत्पादन भने घटिरहेको सरकारी तथ्याङ्कले देखाउँछ । कोदो उत्पादनको सम्भावना भए पनि माग धान्नका लागि आयात गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : बुधबार, असार ३२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij