JanataToday.com

Advertisment

SKIP THIS

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड 

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड 

बुटवल , आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व बोकेको दिन। आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।

श्रावण महिना भगवान् शिवको विशेष महिना समेत भएकाले हिन्दु धर्ममा आस्था राख्नेहरू सोमबार निराहार बसेर शिव लिंगमा जलार्पण गरी भगवान् शिवको विशेष पूजा अर्चना गर्ने गर्दछन् ।

श्रावण महिना भगवान् शिवको विशेष महिना पनि हो भने सोमबार शिवजीको प्रिय वार हो । त्यसैले श्रद्धालुहरू व्रत बसेर शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, शिव स्तोत्र जप गर्ने गर्दछन्। खास गरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिवको व्रत बसी पूजामा सहभागी हुने गर्दछन्।

हिन्दु शास्त्रअनुसार साउन महिनामा शिवको आराधना गर्नाले पाप नाश हुनुका साथै मनोकामना पूर्ति तथा मानसिक शुद्धि समेत प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णन गरिए अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट उत्पन्न काटकुट विष सेवन गरेर संसारको रक्षा गरेको कथा रहेको छ ।

ज्योतिषीय रूपमा समेत साउन महिना विशेष छ, यस महिनाबाट सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले गर्दा मानसिक शान्तिमा सहयोग पुर्‍याउँदछ। यसै कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि रहेको छ।

सोमबारको व्रत विभिन्न तरिकाले बस्न सकिन्छ । निर्जला, फलाहार वा एक छाक मात्र सात्त्विक भोजन ग्रहण गरी व्रत बस्न सकिन्छ। व्रतालुले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गरी मन्त्र जप गर्ने तथा आरती गर्ने प्रथा रहिआएको छ। व्रतालुले शिव चालिसा, रुद्राष्टक वा सोमबार व्रत कथा पनि पाठ गर्ने तथा श्रवण गर्ने गर्दछन्।

आज पशुपतिनाथ लगाएत देशैभरका शिवालयहरूमा जलार्पण गर्ने भक्तजनहरूको भिड लागेको छ । रूपन्देहीको प्रसिद्ध पर्रोहवा परमेश्वर बोलबम धाममा जलार्पणका लागि बिहानै बाट भिड लागेको छ। यस मन्दिरमा पहेलो वस्त्र धारण गरी शिव भजन गदै पवित्र नदीबाट ल्याएको जल शिव लिङ्गमा जर्लापण गरिन्छ । श्रावण महिना भरी यस मन्दिरमा जल अर्पण गर्नेहरूको भिड रहने गर्दछ । खास गरी हरेक सोमबार मन्दिरमा ठुलो भिड रहन्छ।

त्यस्तै, बुटवल तथा पाल्पाको शिद्भबाबा धाम, बुटवलकै मुक्तिनाथ धाम, तिलोत्तमाको मोक्षधाम, श्रृंगेश्वर धाम , भैरहवामा बसडिलहवामा रहेको शिव मन्दिर लगायतका शिवालयहरूमा श्रद्धालुहरूले जलार्पण गर्ने गरेका छन् ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij