JanataToday.com

Advertisment

SKIP THIS

भुक्तानीको काम गर्ने संस्थालाई लाभांश वितरणका लागि राष्ट्र बैंकका ६ पूर्वशर्त

भुक्तानीको काम गर्ने संस्थालाई लाभांश वितरणका लागि राष्ट्र बैंकका ६ पूर्वशर्त

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्था बाहेक भुक्तानीको काम गर्ने अरू संस्थालई छ वटा पूर्वशर्त राखेको छ । केन्द्रीय बैंकले लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै यस्ता शर्त अघि सारेको हो ।

भुक्तानीसम्बन्धी काम गर्ने संस्थाले आर्जन गरेको मुनाफाको बाँडफाँट तथा लाभांश वितरण सम्बन्धी व्यवस्थालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यो शर्त बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीको अनुमति पाएको संस्थाको हकमा लागू हुने छ ।

मार्गदर्शनमा लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, सेयर प्रिमियमबाट नगद लाभांश घोषणा गर्न नपाइने एवम् सेयर, लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्ने विषय अगाडि सारेको छ ।

यस्तै, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको र केन्द्रीय बैंकबाट भएको स्थलगत एवम् गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको हुनुपर्ने उल्लेख छ ।

संस्थाको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय, लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, कोषहरुमा रकम छुट्याइएको विवरण देखाउनुपर्ने भनिएको छ ।

संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण सम्पूर्ण कागजातसहित निवेदन पेश गर्दा छ महिना व्यतित नभएको, बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने व्यहोरा सहितको स्वःघोषणा हुनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij