काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्ने नेकपा ९एमाले० का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन् ।
संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोधेको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्