तिलोत्तमा , रुपन्देहमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । यसरी मृत्यु हनेमा सिद्दार्थ नगरपालिका भैरहवा निवासी अन्दाजी करीब १४÷१५ बर्षिय दिनेश न्यौपाने र प्रज्जवल अर्याल रहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेका दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र आइतबार मात्र पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार शनिबार दिउँसो करीव डेढ २ बजेको समयमा भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खे्ने क्रममा दिनेश न्यौपाने र प्रज्जवल अर्यालको डुबेर मृत्यु भएको पुष्टि प्रहरीले गरेको हो ।
प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य ३ जनासँग पनि सोधपुछ गरिरहेको बुझिएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि संभव नभएको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएको स्थानीय जानकारी दिएका छन ।
प्रकाशित मिति : शनिबार, साउन १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्