काठमाण्डौ – नयाँ संसद् भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरूले आपत्ति जनाएका छन् । सिंहदरबारमा आज बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा सांसदहरूले आपत्ति जनाएका हुन् ।
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले देशभरको पूर्वाधारको अवस्था कस्तो छ भन्ने कुरा बन्दै गरेको संसद् भवनको उदाहरणबाट स्पष्ट हुने बताउनुभयो । उहाँले लक्ष्य अनुसार थपिएको म्यादमा पनि कार्यप्रगति हुन नसकेको बताउनुभयो । म्याद थप गर्दा विलम्ब शुल्क किन लागेन भन्दै उहाँले प्रश्न गर्नुभयो ।
बैठकमा नेकपा एमालेका सांसद प्रभु हजाराले पटक पटक म्याद थप गर्ने तर काम पूरा नहुने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले नयाँ संसद् भवनको म्याद पटक पटक थप गरे पनि अझै पूरा हुन नसक्नुले देशभरको भौतिक पूर्वाधार निर्माणको अवस्थालाई गिज्याउने जिकिर गर्नुभयो । अबको म्यादमा सकिने गरी काम हुनुपर्ने उहाँले उल्लेन गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी की सांसद मदनकुमार साहले साउन १८ गते स्थलगत अनुगमन गर्दा दुई वर्षमा पनि काम हुन नसक्ने स्थिति रहेको बताउनुभयो ।
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले संसद् भवन अनुगमनका क्रममा कामदारहरूको संख्या कम रहेको पाएको बताउनुभयो । हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट शुरू गर्नसक्छौँ त भन्ने उहाँको प्रश्न छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्