आज देशभर मौसम बदली रहने

आज देशभर मौसम बदली रहने

काठमाण्डौ – मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा गएराति ठूलो पानी परेको छ । गएराति सिन्धुपाल्चोक, धनुषा र कास्कीमा सबैभन्दा धेरै वर्षा मापन भएको हो । धनुषाको तुलसी वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १०५।६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै सर्लाही, सिन्धुपाल्चोक, कास्कीमा पनि ठूलो पानी परेको छ । गएराति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज देशभर मौसम बदली रहनेछ ।

 

प्रकाशित मिति : आइतबार, साउन २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij