जसपा नेपाल लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीमा

जसपा नेपाल लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीमा

भैरहवा, जनता समाजवादी पार्टी, नेपालको प्रदेश अधिवेशन रुपन्देहीमा हुने भएको छ । पार्टीको सोमबार दाङमा सम्पन्न प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशन रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।

भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको सर्कुलर अनुसार सोही मितिमा हुने जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रामअवतार यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार पार्टीको संगठित सदस्यता नविकरण भदौ १५ गतेसम्म गरिसक्नुपर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै किसानले समयमै मल, खाद समयमै पाउन नसक्दा धेरै समस्या भएकोले सरकारलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा मुख्य सचिव राजन बहादुर रानामगरको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

प्रदेश अधिवेशन भव्य रुपमा सम्पन्न बनाउन तयारी थालिएको जसपा नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, साउन २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij