भैरहवा — रुपन्देही–३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षी पार्थिबेन्द्र उपाध्यायले पत्रकारहरू विरुद्ध दिएको अभिव्यक्ति विवादमा परिणत भएको छ। उनका अभिव्यक्तिलाई आपत्तिजनक र भ्रामक ठहर गर्दै रुपन्देहीका पत्रकार सम्बद्ध संस्थाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्।
उपाध्यायले रास्वपा केन्द्रीय कार्यालयमा आकांक्षीहरूको तर्फबाट बोल्दै पत्रकारलाई लक्षित गर्दै “मिडिया आवश्यक छैन”, “समाचार पढ्दा हाँसो उठ्ने”, “पत्रकार ५ हजारमा बिक्छन्” जस्ता भनाइ दिएका थिए। पत्रकारहरूले यस्तो टिप्पणीले सम्पूर्ण सञ्चार जगतको अपमान भएको भन्दै आवश्यक कानुनी कारबाहीको माग गरेका छन्।
ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रेस क्लब, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, संसदीय मामिला पत्रकार समाज, मर्चवार प्रेस क्लब, मधेशी पत्रकार समाजलगायतका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले उपाध्यायले नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र पत्रकारिता जगतलाई बदनाम गर्ने उद्देश्यले कानून विपरीत अभिव्यक्ति दिएको आरोप लगाए।
ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले स्वतन्त्र पत्रकारिताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “अभिव्यक्ति गलत भएको प्रमाणित भए कानुनी कारबाही हुन्छ” भनेका छन्।
प्रकाशित मिति : बुधबार, साउन २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्