देशभर डेंगु संक्रमण तीव्र, संक्रमित संख्या २ हजार ९ सय ५२

देशभर डेंगु संक्रमण तीव्र, संक्रमित संख्या २ हजार ९ सय ५२

 

काठमाडौं,

 

काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ ।

सन् २०२४ को पुसयता हालसम्म २ हजार ९ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । डेंगु हालसम्म ७४ जिल्लामा फैलिएको छ भने गत सातामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा २९८ जना, कोशीमा ४७, गण्डकी २७, सुदूरपश्चिम २४, लुम्बिनी २२, मधेश १८ र कर्णालीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । धेरै बिरामीमा लक्षण नदेखिने भएकाले उनीहरू संक्रमण फैलाउने माध्यम बनेका छन् ।

२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।

सन् २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ जना संक्रमित भएका थिए ।

विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णत घटाउन गाह्रो हुने विज्ञ बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन हो ।

विज्ञका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन् स्थल हुन् । डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टासम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ ।

संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र तुरुन्तै अस्पताल जानुपर्छ ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij