JanataToday.com

Advertisment

SKIP THIS

नेपाल कानुन व्यवसायी परिषद्को ३२औं स्थापना दिवस बुटवलमा सम्पन्न

नेपाल कानुन व्यवसायी परिषद्को ३२औं स्थापना दिवस बुटवलमा सम्पन्न

 

बुटवल, साउन २७ – नेपाल कानुन व्यवसायी परिषद्को ३२औं स्थापना दिवस आज बुटवलमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नेपाल राज्यका राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार औपचारिक रूपमा उद्घाटन गरेका यस कार्यक्रमको समापन उच्च अदालत बार एशोसिएशन, बुटवलको सभाहलमा गरिएको हो।

कार्यक्रम लुम्बिनी प्रदेश सदस्य अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा तथा उच्च अदालत तुलसीपुर बुटवल इजलासका वरिष्ठतम न्यायाधीश रमेश ढकालको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा पूर्व पार्षद वरिष्ठ अधिवक्ता शालिकराम बञ्जाडे, अधिवक्ता बाबुराम पाण्डे, अधिवक्ता वीरबहादुर रोकाया, लुम्बिनी प्रदेशका प्रमुख न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता यमलाल खनाल, बर्दिया जिल्ला बारका अध्यक्ष अधिवक्ता खडानन्द तिवारी, नवलपरासी जिल्ला बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता धन शर्मा जैशी, उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता सोमाकान्त भण्डारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

उच्च अदालत बार एशोसिएशन, बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनीले स्वागत मन्तव्य राखेका थिए भने सहसचिव अधिवक्ता कुसुम अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए।

यस अवसरमा भवानी सिटी हेल्थ क्लिनिक प्रा.लि. को प्राविधिक सहयोगमा उच्च अदालत बार एशोसिएशन, बुटवलको सहकार्यमा १२५ भन्दा बढी कानुन व्यवसायी, न्यायाधीश, कर्मचारी तथा सुरक्षाकर्मीको निःशुल्क मधुमेह, कोलेस्ट्रोल र युरिक एसिड परीक्षण गरिएको थियो। कार्यक्रममा विभिन्न बारका करिब १०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij