काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन आज सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको सम्मेलन समापन गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तीकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको बताए ।
नेपाल प्रहरीमा पहिलोपटक देशभरका महिला प्रहरी कर्मचारी, अवकाश प्राप्त महिला प्रहरी अधिकृत, महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदानप्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलन फलदायी भएको उनले विश्वास व्यक्त गरे ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्