काठमाडौँ – यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल नजडान गरे पनि कारबाही नहुने स्पष्ट पारेको छ।
चौतर्फी आलोचना भएपछि मंगलबार विभागले विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखि अनिवार्य गर्ने भनिएको व्यवस्था तत्काल लागू नहुने जनाएको हो। विभागले इच्छाअनुसार नजिकको यातायात कार्यालयमा गएर स्वेच्छाले नम्बर प्लेट जडान गरी डिजिटलाइजेशन अभियानमा सहयोग गर्न सवारीधनीलाई आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “२०८२ असोज १ गतेदेखि नम्बर प्लेट नलगाएको खण्डमा तुरुन्त जरिवाना वा कारबाही हुन्छ भन्ने भ्रम फैलिएको छ। तर तत्कालका लागि कुनै किसिमको दण्ड/जरिवाना गरिँदैन।”
विभागका अनुसार प्रदेश कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्ति परिचालन गरिएको छ भने सेवाग्राहीलाई सहज बनाउन थप प्रबन्ध पनि हुँदै जानेछ।
यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने घोषणा गरेको थियो। तर सो सूचना सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो।
प्रकाशित मिति : मंगलबार, भाद्र १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्