काठमाडौं – भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित छलफलमा दुबै विमानस्थलमा दिगो अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न कार्ययोजना तयार गर्नेबारे व्यापक विचार-विमर्श गरिएको हो । छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो भारलाई व्यवस्थित गर्दै, वैकल्पिक रुपमा गौतमबुद्ध र पोखरा विमानस्थललाई उपयोगमा ल्याउने सम्भावित उपायहरूबारे पनि ध्यान केन्द्रित गरिएको थियो ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
बैठकमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार, नीतिगत व्यवस्थापन र व्यावसायिक सम्भावनाबारे विस्तृत छलफल गरिएको र यसलाई चाँडै कार्यान्वयनमा ल्याउने तयारी अघि बढाइएको जनाइएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्