रुपन्देहीमा दुई दिनमा १८ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा दुई दिनमा १८ लाख बढीको अवैध सामान बरामद

भैरहवा, रुपन्देही प्रहरीले भदौ ८ र ९ गते १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । दुई दिनमा अन्दाजी मूल्य १८ लाख ४३ हजार १ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएपी० सुरज कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार र सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको सामान बरामद गरिएको डीएसपी कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिइएका सामानहरु आवश्यक आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलहिया र प्रहरी चौकी चनौली बगहाबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका–१ सेमरपानी र सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपासबाट युपी ५६ बीडी ३९३३ र युपी ५६ बीबी ००१५ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको वास्तु पिरामिड २ सय सेट, चश्मा १६० पीस, नोटिस्टार २३ प्याकेट र मोटरसाईकलसहित गरी ८ लाख २५ हजार बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका–३ बाट लु ३७ प ३१८२, लु ३९ प ५८२८ नम्बरको मोटरसाईकलमा चिनी ६ बोरा, सरफ २ बोरा, दाल २ बोरा र मोटरसाईकलसहित २ लाख ४१ हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले सियारी गाउँपालिका–३ स्थित हर्नैयाबाट लु ३९ प ५३८४, लु ७ प १८७८, लु ६ प ६५ र लु ३१ प २३३४ नम्बरको मोटरसाईकलमा जुत्ता १५० जोडी, बच्चाको खेलौना १४२ पिस, चिनी ३ बोरा र मोटरसाईकसहित ७ लाख ६ हजार १ सय बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ नन्दनगरबाट युपी ५५ यु २५५० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा बाख्रा ५ वटा, टायल ५ बण्डल र मोटरसाईकलसहित ४१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी कार्कीका अनुसार प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–२ बाट ३० हजार मूल्य बराबरको लेडिज सुट २० पिस बरामद गरेको छ ।

 

 

प्रकाशित मिति : बुधबार, भाद्र ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij