रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिनअघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो ।
चौधरीले यस अघि ०७९ को निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा होमिदा १३ हजार ९६२ मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए । रुपन्देहीको थारु समुदायमा चौधरीको विशेष पकड रहेको मानिन्छ
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्