काठमाडौं , बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफोड भएको छ। प्रदर्शनकारीले ओलीको निवासमा आगो लगाएका हुन्।
हिजोदेखि सुरू भएको प्रदर्शन आज पनि जारी छ। हिजो भीड नियन्त्रण गर्न प्रहरीले अत्याधिक बल प्रयोग गरेको थियो। जसमा १९ जनाले ज्यान गुमाएका थिए।
नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वःस्फूर्त रुपमा मानिसहरू सडकमा उत्रिएका छन्। सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ। तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन्।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्