देश र संविधान रक्षार्थ बुटवलमा पत्रकारसहित पेसागत संघ संस्थाहरूद्वारा प्रदर्शन

देश र संविधान रक्षार्थ बुटवलमा पत्रकारसहित पेसागत संघ संस्थाहरूद्वारा प्रदर्शन

बुटवल-देश र संविधानको रक्षाका लागि नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ रूपन्देहीको अगुवाइमा रूपन्देहीमा क्रियाशील विभिन्न पेसागत संघ संस्थाहरूको सहभागीतामा शान्ति र्‍याली प्रदर्शन भएको हो ।

शुक्रबार बुटवलको राजमार्ग चौराहमा भेला भएका पत्रकार,कानुन ब्यवसायी,उद्योगी ब्यवसायीहरू देश र संविधान रक्षा तथा प्रेस स्वतन्त्रताको रक्षाका लागि ब्यानर र प्लेकार्डसहित र्यालीमा सहभागी भएका थिए ।

मध्याह्न करिब १२ बजे बुटवलको राजमार्ग चौराहबाट सुरु भएको शान्ति र्‍याली मिलनचोक,बसपार्क,अस्पताललाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाल बार एशोसिएसन उच्च अदालत बुटवल इकाईका अध्यक्ष गोविन्द मरासिनी,पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष रामराज पोखरेल,महासंघ रूपन्देहीका अध्यक्ष दीनेश पाण्डे,सचिव सीपी खनाल लगायतले जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिमा बर्तमान संविधान भित्र रहेर मुलुकलाई निकास दिनुपर्ने र देश र संविधानको रक्षा एवं नागरिक तथा प्रेस स्वतन्त्रता कुन्ठीत गर्ने कुचेष्ठा नगर्न चेतावनी दिए ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij