काठमाण्डौ – यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा भएका विपदका घटनाबाट दुई सय ४३ जनाको ज्यान गएको छ । यस्तै २४ जना हराइरहेका र आठ सय ६९ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९० परिवार प्रभावित भएका छन् । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७७ जनाको ज्यान गएको छ ।
यस्तै बाढीमा २९ जनाको ज्यान गएको छ । २३ जना हराएका छन् । पहिरोमा परेर २४ जना र चट्याङ लागेर ३८ जनाको ज्यान गएको छ । आगलागीमा परी २३ जना र जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाएका छन् । १८ जनाको लेक लागेर ज्यान गएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्